१९ ओभरमा ५७ रन लिंदै नेपालले लियो पाँच विकेट, ओमानका पाँच खेलाडी आउट


२२ माघ २०७६, बुधबार
cricket

काठमाडौं, २२ माघ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तर्गत नेपाल र ओमानबीचको खेल यतिबेला जारी रहेको छ । त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा भएको एक दिवसीय खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ ।

खेलमा नेपालले पाँचौ सफलता हात पार्न सफल भएको छ । सुसन भारीले १९ औं ओभरमा दुई विकेट लिएका हुन् । उनले कप्तान जिसन मक्सुद र सुरज कुमारको विकेट लिएका हुन् ।
यसअघि १६ रन बनाएका अकिब इल्यास रन आउट भएका थिए । करण केसीले खेलको तथा आफ्नो व्यक्तिगत दोस्रो विकेट लिंदै खवार अलीलाई पभोलियन पठाएका थिए ।

उनको बलिङमा पारस खड्काले अलीलाई क्याच आउट गरेका हुन् । शुरुवाती विकेटको रुपमा करणले जतिन्दर सिंहलाई ४ रनमा बोल्ड गर्न सफल भएका थिए । २० ओभरको खेल समाप्त हुँदा ओमानले पाँच विकेटको क्षतिमा ५८ रन बनाएको छ ।

एक दिवसीय मान्यता पाइसकेपछि नेपालले पहिलो पटक घरेलु मैदानमा सिरिज खेल्दैछ । नेपालले कीर्तिपुरमा ओमानसँग खेल्दै उक्त सिरिजको शुरुवात गर्दैछ र यसैबाट सन् २०२३ मा हुने विश्वकपको यात्रा नेपालले थालनी गर्दैछ । क्रिकेट खेलाडी, प्रशिक्षक, क्यान पदाधिकारीसँगै आम नेपाली क्रिकेटप्रेमी यो सिरिजबाट निकै उत्साहित छन् ।

ओमान सन् २०१२ पछि नेपाल खेल्न आएको छ । सन् २०१३ यता नेपालले उसलाई हराउन सकेको छैन । घरेलु मैदानको फाइदा लिंदै ओमानलाई हराउने दाउमा नेपाल रहेको छ । नेपालले शनिबार अर्को टोली अमेरिकासँग खेल्दैछ । अमेरिका सन् २०१० पछि नेपाल आएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७