कृष्ण पहाडीको खाताको रकम शान्ति समाजमा हस्तान्तरण हुने


२२ माघ २०७६, बुधबार
Krishna Pahadi

काठमाडौं, २२ माघ । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आफ्नो खातामा रहने रकम शान्ति समाजमा हस्तान्तरण हुने घोषणा गरेका छन् ।

मानव अधिकारवादी नेता पहाडीले आफ्नो शेषपछि आफ्नो नाममा भएका बैंक खातामा रहने रकम समाजमा हस्तान्तरण हुने घोषणा गरेको सभापति उत्तम पुडासैनीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

५७ वर्षीय पहाडीले आफूले लेखेका पुस्तकबाट प्राप्त हुने रोयल्टीलगायत रकम पनि शान्ति समाजको हुने घोषणा गरेका छन् । नागरिक आन्दोलनका अगुवा समेत रहेका पहाडीका नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा गरी २९ पुस्तक प्रकाशित भएका छन् । यी पुस्तक बिक्रीबाट प्राप्त रकम समेत उनले समाजकै क्रियाकलाप सञ्चालनका लागि दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७