एनआइसी एशिया बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानी समझदारी


२२ माघ २०७६, बुधबार
MOU with Surya life and NIC ASIA Bank 7PCYgeRv7C

काठमाडौं, माघ २२ । एनआइसी एशिया बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच विभिन्न विषयमा समझदारी भएको छ।

सो बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाहरुको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शूल्क बुझाउन सकिने गरी समझदारी भएको हो।

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे।

उक्त समझदारीअनुसार सूर्या लाइफका ग्राहकले यस बैंकका क्युआर कोड, कार्ड पिओएस, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ लगायत विभिन्न डिजिटल भुक्तानी माध्यम प्रयोग गरि रकम भुक्तानी गर्न सकिन्छ।

यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४४१ एटिएम, १०४ वटा एक्स्टेन्सन काउण्टर एवं ४८ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा दिदैं आएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७