प्रभु बैंकका ३ वटा शाखा कार्यालय संचालन


२२ माघ २०७६, बुधबार
prabhu

काठमाडौं, २२ माघ । प्रभु बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैपटक ३ वटा शाखा कार्यालय संचालनमा ल्याएको छ।

बुधबार पोखरा महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको उद्धघाटन बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ती शेरचनले गरे। पोखरा महानगरपालिकाको वडा नं। १३ स्थित बाँझापाटन शाखा कार्यालयको पोखरा महानगरपालिका सोही वडाका वडाध्यक्ष लेख बहादुर तामाङले गरेको हो ।

त्यसैगरी, पोखरा महानगरपालिका वडा नं. २६ स्थित अर्घौंचोक शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले गरे।

ती बैंकका शाखा कार्यालयहरु उद्धघाटन कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, व्यापारीलगायतको उपस्थिति रहेको थियो।

उक्त थप ३ वटा शाखा कार्यालयहरुपछि प्रभु बैंकको शाखा कार्यालय संख्या २०८ पुगेको छ। हालसम्म बैंकले १५७ वटा एटिएम, ४३ वटा एक्स्टेन्सन काउन्टरहरुको संजाल सहित देशका विभिन्न १७ स्थानमा शाखारहित बैंकिङ सेवा संचालन ल्याएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७