भक्तपुर दरबार स्क्वायरमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा


२२ माघ २०७६, बुधबार
ATM BTD7fQvGSP

भक्तपुर,माघ २२ । राष्ट्रिय वाणिज्य बैंकले भक्तपुर दरबार स्क्वायर क्षेत्रमा महानगरिय प्रहरी परिसर तथा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा ए।टी।एम।सेवा संचालनमा ल्याएको छ ।


उक्त ए।टी।एम।सेवाको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बुधबार एक समारोहका बीच उद्घाटन गरेका छन् । नेपालको सांस्कृतिक तथा पुरातात्विक महत्वको विश्व सम्पदा सूचिमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रमा सरकारी बैंकको सेवाले यस क्षेत्रको महत्व बढेको र अन्य सम्भावित क्षेत्रमा पनि बैंकिङ्ग सेवा दिनुपर्ने उनले बताए ।


कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संभावित क्षेत्रमा बैंकिङ्ग सेवा दिने बताउदैं उक्त ए।टी।एम।बाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७