सिद्धार्थ बैंकको न्यूरोड नेपालगंज र बिपी चोक शाखा उद्धघाटन


२२ माघ २०७६, बुधबार
1531745643sidhartha

काठमाडौं, माघ २२ । सिद्धार्थ बैंकले मगंलबार बाँकेस्थित न्यूरोड नेपालगंज शाखा र बीपी चोक शाखाको औपचारिक उद्धघाटन गरेको छ।


बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्धघाटन नेपालगञ्ज उप–महानगरपालिकाका उप–मेयर उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगंज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाले संयुक्त रुपमा गरे।

त्यसैगरी, बिपी चोक शाखाको उद्धघाटन नेपालगञ्ज उप–महानगरपालिकाका मेयर धवल शमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगंज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाले संयुक्त गरे।

बैंकले न्यूरोड नेपालगंज शाखा गत पौष १६ गते र बिपी चोक शाखा भाद्र ९ गतेदेखि सञ्चालन गरी कारोबार गर्दै आएको थियो।
बैंकले देशभर १८० वटा शाखा ९३ एक्स्टेन्सन काउन्टर सहित०, १०१ शाखा रहित बैंकिङ सेवा, २०३ एटिएम र १ हजार ६०० भन्दा बढी पिओएस मेसिनमार्फत् बैकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७