अाजकाे राशिफल, वि.सं. २०७४ साल पुस २४ गते।


२४ पुष २०७४, सोमबार
rashifal today

वि.सं. २०७४ साल पुस २४ गते। सोमबार। इश्वी सन् २०१८ जनवरी ८ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– सप्तमी, २१:०२ बजेउप्रान्त अष्टमी। नक्षत्र– हस्त, ३०:५२ बजेउप्रान्त चित्रा। योग– शोभन, १२:२० बजेउप्रान्त अतिगण्ड। करण– भद्रा, ९:१९ बजेदेखि वव, २१:०२ बजेउप्रान्त वालव। आनन्दादिमा वज्र योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२३ बजे र दिनमान २६ घडी ०४ पला। नेपाल ज्योतिष परिषदको बीसौं स्थापना दिवस।rashifal today

मेष

ico 2

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला ।

बृष

ico 3

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

मिथुन

ico 4

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ ।

कर्कट

ico 5

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्य सम्पादनमा सहजता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

सिंह

ico 6

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बन्न लागेको काम विग्रिनेछ । सामान हराउने वा नष्ट हुने योग छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

कन्या

ico 7

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला ।

तुला

ico 8

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्या र बुद्धिको विकास हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

बृश्चिक

ico 9

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

धनु

ico 10

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) श्रमको उचित मुल्याङ्कन हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला ।

मकर

ico 11

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ ।

कुम्भ

ico 12

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) गरेका काममा ढिलासुस्ती हुनेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । कारोवारमा मन्दी आउनेछ ।

मीन

ico 13

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । दिनको उत्तरार्ध सुखद रहनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७