अब नयाँ शक्तिको चुनाव चिन्ह सूर्य


१७ आश्विन २०७४, मंगलवार

काठमाडौं  : नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई पनि एमालेका चुनाव चिन्ह सूर्यमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएको छ । एमाले र माओवादी केन्द्रले चुनावी तालमेल र पार्टी एकता गर्ने सहमतिमा भए सँगै भट्टराई पनि सूर्य चिन्हबाट चुनाव लड्ने भएका छन् ।

Baburam

मङ्गलवार ललितपुरस्थीत मानभवनमा एमाले -माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता सहमति भएको थियो । बैठक लगतै एमाले अध्यक्ष ओली र नयाँ शक्ति संयोजक भट्टराईबीच कुराकानी भएको थियो ।

अध्यक्ष ओलीले घोषणा सभामा भट्टराईले पनि सूर्य चिन्हमा चुनाव लड्ने बताएका छन् । ‘बाबुराम भट्टराईको नयाँ शक्ति सूर्य चिन्हमा नै चुनाव लड्नहुन्छ,’ ओलीले भने, ‘अरु साथीहरु पनि चुनाव लड्नेतर्फ अघि बढिरहनुभएको छ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७