‘इन्जिनियर’ गायकको ‘पिरती नाप्ने केले हो ?’ बजारमा


२३ माघ २०७६, बिहीबार
mm

काठमाडौँ, २३ माघ । मानिसको पेसा र रुचि फरक–फरक पनि हुन्छन् । एकाध मानिस फरक पेसा र रुचि बोकेर पनि समाजमा दुवै पहिचानलाई सँगसँगै अगाडि बढाउन सफल हुन्छन् ।

यस्तै सफल व्यक्तिमध्येका एक हुन् ‘इन्जिनियर’ गायक वीरेन्द्र श्रेष्ठ । उनी इन्जिनियर गायक वीरेन्द्र श्रेष्ठ र टीका प्रसाईँको ‘पिरती नाप्ने केले हो ?’ बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ ।

निशान काश्यपको निर्देशनमा बनेको भिडियोमा रिस्ता बस्नेत र संजीब थेबेले फिचर्ड गरेका छन् । टंक बुढाथोकी युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा रविन स्वप्निल गिरीको शब्द रहेको छ ।

उदयराज पौडेलले एरेञ्ज गरेको गीतमा दीपकराज विश्वकर्माले सङ्गीत भरेका छन् ग्लोबल एफएक्सले निर्माण गरेको भिडियो बुद्ध थापाले खिचेका हुन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७