मेलम्ची खानेपानीमा बेथिति- २६ करोड अतिरिक्त भुक्तानी


२४ पुष २०७४, सोमबार
melamchi tunnel

काठमाडौं : उच्च सरकारी अधिकारीको मिलेमतोमा मेलम्ची खानेपानी आयोजनाले सुरुङ निर्माण नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ।  आजको नागरिकमा खबर छ ।melamchi tunnel

सम्झौता अनुसारको काम सम्पन्न नहुँदै इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी लाई आयोजनाले यो रकम भुक्तानी दिएको हो। यो आयोजनाको निर्माणको ठेक्का सिएमसीले पाएको छ। कानुनी छिद्रको फाइदा उठाउँदै मेलम्ची खानेपानी विकास समिति, खानेपानी तथा सरसफाइ मन्त्रालयका उच्च अधिकारी समेतको चलखेलमा निर्माण कम्पनीलाई उपकरणलगायत समान किन्न वित्तीय संकट भएको बहाना देखाएर भुक्तानी दिइएको हो यसले राज्यलाई करोडौं रुपैयाँको व्ययभार थपेको छ।

सुरुङ खन्ने र हेड वर्क्समा ९० प्रतिशत भौतिक प्रगति भएको बताउँदै आएको मेलम्ची खानेपानी विकास समितिले ९३ प्रतिशत भुक्तानी रकम दिइसकेको छ। सुरुङ र हेड वर्क्स निर्माण ७ अर्ब ७२ करोड रुपैयाँको परियोजना हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७