समानुपातिकतर्फको मतपरिणाम ढिलार्इमा प्रमुख आयुक्त यादवको यस्तो स्वार्थ


२४ पुष २०७४, सोमबार

काठमाडौं : प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरेको निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले ‘सम्मानजनक व्यवस्थापन’ खोजेका छन् ।Ayodhi Yadav Election commission
संविधानतः दोहो¥याएर अन्य संवैधानिक निकायमा जान नमिल्ने भएकाले यादवले ‘सम्मानजनक व्यवस्थापन’ को खोजी गरेको खुल्न आएको हो । २०७५ चैत १० सम्म कार्यकाल भएका डा. यादवले निर्वाचन सम्पन्न गराएको भन्दै ‘सम्मानजनक व्यवस्थापन’ खोज्दा मतपरिणाम सार्वजनिक गर्न ढिलो भएको स्रोतले बताएको छ ।

‘पुस ५ को भेटघाटमा अयोधीजीले समानुपातिकतर्फको मत परिणामको प्राविधिक काम सम्पन्न गरेर केही दिनमा नै राष्ट्रपतिज्यूलाई बुझाउँछौं भन्नुभएको थियो, अहिले मिल्दै मिल्दैन भन्ने थालेपछि स्वाभाविक रुपमा आश्चर्यचकित भएका हौं’
– सुवासचन्द्र नेम्बाङ, एमाले नेता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट स्रोतका अनुसार डा। यादवले ‘सम्मानजनक व्यवस्थापन’ सम्मको जिम्मेवारी दिएर निर्वाचन सम्पन्न गराएको योगदानको सम्मानसमेत गर्नुपर्ने इच्छा देखाएका छन् । ‘असहज परिस्थितिबीच पनि तीन तहको चुनाव शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गराएँ, त्यसको राज्यले उचित सम्मान दिनुपर्छ,’ यादवलाई उद्धृत गर्दै दाहाल निकट स्रोतले भन्यो, ‘मेरो कहीं न कहीं उचित र सम्मानजनक व्यवस्थापन होस् भन्ने चाहन्छु ।’ धेरैजसोले ‘सम्मानजनक व्यवस्थापन’ को अर्थ राष्ट्रपति र उपराष्ट्रपतिजस्ता पदको चाहनाका रुपमा अथ्र्याएका छन् ।
डा। यादवले पटकपटक गरिएका पत्रकार सम्मेलनमार्फत पनि निर्वाचन सम्पन्न भएको ७ दिनभित्रै परिणाम सार्वजनिक गरिसक्ने प्रतिबद्धता जनाइरहेका थिए । आयोगले तत्काल परिणाम सार्वजनिक हुने उल्लेख गरिएका विज्ञप्ति सञ्चारकर्मीलाई पठाएको थियो । तर, निर्वाचन परिणाम सार्वजनिक गर्ने क्रममा राष्ट्रियसभाको सर्त अगाडि आएपछि डा। यादव शंकाको घेरामा छन् । त्यसमाथि यादवले ‘सम्मानजनक व्यवस्थापन’ खोजी गरेको खुलेपछि वाम गठबन्धन थप आशंकित हुन पुगेको छ ।
‘यादव स्वयंले तीन तहको चुनाव शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद नदिई उल्टै विभिन्न आशंका गरेको भन्दै दाहालसमक्ष असन्तुष्टि जाहेर गरिसकेका छन्’, स्रोतले भन्यो । यादवनिकटका अनुसार पनि असहज परिस्थितिबीच तीन तहको निर्वाचन सम्पन्न गराएकाले ‘सम्मानजनक व्यवस्थापन’ होस् भन्ने उनले चाहेका छन् । यसबारेमा जिज्ञासा राख्न खोज्दा यादवसँग सम्पर्क हुन सकेन ।
डा। यादवले घुमाउरो भाषाले ‘सर्त’ राख्न थालेपछि समानुपातिकतर्फ निर्वाचन मतपरिणाम घोषणामा ‘बार्गेनिङ’ गरिरहेको हुन सक्ने आशंका दाहाल स्वयंले पनि गरिरहेको उनीनिकट स्रोतले बतायो ।
वाम गठबन्धनका नेताले पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्केलगत्तै लाजिम्पाटस्थित दाहाल निवासमा यादवसँग समानुपातिकतर्फको मतपरिणामबारे जानकारी लिएका थिए । सो दिन यादवले प्राविधिक काम सम्पन्न गरेलगत्तै समानुपातिकतर्फको मत परिणामका पुस ९ गतेभित्रमा राष्ट्रपति भण्डारीसमक्ष बुझाउने जनाएका थिए । यादवले यो कुरा सुनाउँदा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष दाहाल, एमाले नेता सुवासचन्द्र नेम्बाङ र माओवादी नेता नारायणकाजी श्रेष्ठ सँगै थिए ।
‘सो दिनको भेटघाटमा अयोधीजीले समानुपातिकतर्फको मत परिणामको प्राविधिक काम सम्पन्न गरेर केही दिनमा नै राष्ट्रपतिज्यूलाई बुझाउँछौं भन्नुभयो, उहाँले यसो भनेपछि थप सोधखोज गर्ने कुरा पनि भएन,’ नेम्बाङले नागरिकसँग भने, ‘त्यसपछि एकाएक उहाँले बोली फेर्दै संविधान र कानुनले दिँदैन भन्न थाल्नुभयो अनि स्वाभाविक रुपमा हामी आश्चर्यचकित भएका हौं, उहाँले आफ्नो अभिव्यक्ति किन बदल्न थाल्नुभयो रु अहिलेसम्म बुझ्न सकेका छैनौं ।’
आयोगका अर्की आयुक्त इला शर्माले राष्ट्रियसभा निर्माण नभई नयाँ सरकार गठन गर्न नमिल्ने भन्ने ‘ट्विट’ गरेपछि वाम गठबन्धनका नेताले यादवसँग भेटघाट गरी जिज्ञासा राखेका हुन् । त्यसपछि पनि शीर्ष नेतासँगको टेलिफोन सम्पर्कमा यादवले मत परिणाम सार्वजनिक गर्न कुनै संवैधानिक र कानुनी अडचन नभएको बताउँदै आएका थिए ।
यसैबीच बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न पुगेका डा। यादवले राजनीतिक दलका अलगअलग तर्क पेस भएका कारण निर्वाचन आयोग दबाबमा परेको जनाए । ‘कुनै दल सार्वजनिक गर्न मिल्दैन भन्दै खबरदारी गर्छन् अनि कुनै दल नमिल्ने कारण के छ भनेर खबरदारी गर्छन् तर आयोगले संविधान र कानुनअनुसार काम गरिरहेको छ,’ यादवले राष्ट्रपतिलाई सुनाएको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तैपनि म राजनीतिक दलबीच सहमति होस् र गाँठो फुकोस् भन्ने नै चाहन्छु ।’
राष्ट्रपति भण्डारीले भने जनमतको परिणामबारे जानकारी पाउनुपर्ने नागरिक हकको सम्मान गर्न आयोगले नै पहलकदमी गर्नुपर्ने सुझाव यादवलाई दिएकी थिइन् । त्यसमा आवश्यक भए ‘बाधा अडकाउ फुकाऊ’ गर्न आफू तयार रहेको जनाउँदै राष्ट्रपतिले यस विषयमा सोच्न समेत सुझाएकी थिइन् ।
यसैबीच यादवलाई माओवादी अध्यक्ष दाहालले ‘प्रयोग’ गरेर एमाले र त्यसका अध्यक्ष ओलीमाथी दबाब बढाएको आशंका पनि व्याप्त छ । पार्टी एकता र सरकार निर्माणमा ‘दबाब बढाउन’ दाहालले यादवलाई ‘प्रयोग’ गरिरहेको आशंका गरिएको छ । माओवादीले यादवकी बुहारी प्रमिलाकुमारी यादवलाई प्रदेश सांसद (प्रदेश नम्बर २) बनाउन लागेकाले पनि उक्त आशंकालाई बल पुगेको छ ।

नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७