‘तपश्वी’ बमजनलाई पक्रिन प्रहरी टोली सिन्धुली आश्रममा


२४ माघ २०७६, शुक्रबार
Ram bda bomjan

सिन्धुली, २४ माघ । बलात्कार, हत्या, हिंसालगायतका विभिन्न आरोप लागेका ‘तपश्वी’ रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरीको टोली आज (शुक्रबार) बिहानै सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ ।

बमजनविरुद्ध आनीहरूको यौन शोषण गरेको, बेपत्ता पारेको, हत्या, हिंसालगायत आरोप लागेका छन् ।

उनलाई पक्राउन गर्न सिन्धुली जिल्ला अदालतबाट बिहीबारै अनुमति लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सिन्धुली जिल्ला प्रहरी कार्यालयकी प्रमुख प्रहरी उपरीक्षक रञ्जु सिग्देलले यसबारे केहीबेरमा विस्तृत जानकारी दिने बताएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७