कांग्रेसले आज पनि प्रतिनिधिसभा अवरुद्ध गर्ने


२४ माघ २०७६, शुक्रबार
Congress samsasdiya dal min 800x445 1

काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गर्ने जनाएको छ ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकले प्रचलित कानून र संवैधानिक निकायको निष्पक्षता र स्वतन्त्रता नै कमजोर हुने गरी राजनीतिक पूर्वाग्रह भई नेता गच्छदारविरुद्ध मुद्दा दायर भएको ठहर गरेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

साथै प्रतिनिधिसभाको आजको बैठकमा आफ्ना धारणा राखेर बैठक अवरोध गर्ने निर्णय भएको उनले जानकारी दिए ।

उनले जग्गा खरिद गरेका व्यक्तिलाई भने उन्मुक्ति दिन खोजेको आरोप लगाए । यही माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत विभिन्न व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७