कांग्रेस संसदीय दलका उपनेता गच्छदार संसदबाट निलम्बित (विज्ञप्तीसहित)


२४ माघ २०७६, शुक्रबार
bijaya gachhadar 1

काठमाडौं, २४ माघ । प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदार संसदबाट निलम्वनमा परेका छन् ।

शुक्रबार संसद सचिवालयले गच्छदारलाई संसदबाट निलम्वन गरिएको जानकारी गराएको ।
अख्तियार दुरुपयोग अनुसन्धान आगोगले ललिता निवासको सरकारी, सार्वजनिक जग्गा गैरकानुनी रुपमा व्यक्ति तथा संस्थाका नाममा कायम गरी हिनामिना गरेको आरोपमा गच्छदारसहित तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो ।

संसद सचिवालयले भ्रष्टचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा मुद्दा दर्ता गरेको जारकारी सचिवालयलाई गराएपछि सचिवालयले गच्छदारलाई सांसदबाट निलम्वन गरेको शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘प्रतिनिधि सभाका माननीय सदस्य श्री विजयकुमार गच्छचार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम मिति २०७४–१०–११ देखि स्वतः निलम्वन हुनु भएकाले यो सूचना प्रकाशित गरिएको छ ।’

बुधबार साँझ अख्तियारको टोलीले तत्कालीन उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारविरुद्ध ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न रहेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । उनीसँग नौं करोड ६५ लाख ७६ हजार बिगो दावी गरिएको छ ।

gachhadar

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७