माछापुच्छ्रे क्यापिटल लिमिटेड संचालनमा,देशैभरि सेवा विस्तार गर्ने


२४ माघ २०७६, शुक्रबार
fg

काठमाडौं, माघ २४ । माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेड स‌चालनमा आएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुच्छ्रे बैंकका अध्यक्ष ड. बिरेन्द्र प्रसाद महतोले माछापुच्छ्रे क्यापिटलको संयुक्त रुपमा उद्धघाटन गरे।

धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाले माछापुच्छ्रे क्यापिटलले देशमा खुम्चिएको पुँजी बजार क्षेत्रको विकासमा सफलता प्राप्त गर्न बै‌कलाइ शुभकामना व्यक्त गरे।

बैंकका अध्यक्ष डा। महतोले माछापुच्छ्रे क्यापिटललाई व्यवसायिक यात्राका लागि बधाई दिए। बैंक अध्यक्ष महत्तोले कम्पनीले राजधानी भित्र मात्र नभएर देशभरिनै सेवा विस्तार गर्ने बताए। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७