माइतीघरमा नेविसंघको नारा : भ्रष्टाचारी सरकार चाहिँदैन, निर्दोषलाई फसाउन पाइँदैन (फोटोफिचर)


२४ माघ २०७६, शुक्रबार
congress 9

काठमाडौं, माघ २४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसको भातृसंगठन तरुण दल र नेविसंघले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको नाममा दोषीलाई उन्मुक्ति दिने र निर्दोषलाई कारबाही गरेको भन्दै कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्।

‘संवैधानिक निकायमा सरकारी हस्तक्षेप बन्द गर’, ‘भ्रष्टाचारी सरकार चाइँदैन, निर्दोषलाई फसाउन पाइँदैन’, ‘ठगलाई सम्मान, निर्दोषलाई अदालत’, ‘विभेद र पूवाग्रह मानिँदैन, काण्डै काण्डको सरका चाहिँदैन’, लगायतका प्लेकार्ड बोकेका कांग्रेस कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन्।

अख्तियार सरकारको छायाँ बनेको, भ्रष्टचार मुद्दालाई राजनीतिक पूर्वाग्रहका आधारमा दर्ता गरिएको भन्दै नेविसंघको नेतृत्वमा कांग्रेस भातृ संगठनहरुले दिउँसो १ बजेदेखि माइतीघरमा प्रदर्शन गरेका हुन्। अख्तियारले बुधबार पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजय गच्छदार लगायत १७५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

हेर्नुेहोस् तस्बिरमा

congress 3 scaled

congress 10 scaled congress 6 scaled congress 1 scaled congress 12 scaled congress 5 scaled af scaled congress 11 scaled congress 2 scaled congress 7 scaled congress 4 scaled congress 3 1 scaled congress 8 scaled

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७