४० लाख हिनामिनाको आरोपमा सिभिल बैंकका कर्मचारी समातिए


२४ पुष २०७४, सोमबार

काठमाण्डौं : ४० लाख रुपैंयाँ हिनामिना गरेको आरोपमा प्रहरीले सिभिल बैंकका एक कर्मचारीलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सिभिल बैंकको बौद्ध शाखामा काम गर्ने मेहेश्वर डंगोललाई पक्राउ गरेको हो ।arrest

डंगोलले ४० लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको देखिएको छ जनाइएको छ । उनलाई बैंकिङ कसुर मुद्दामा कार्बाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७