बायाँ हाते अलराउण्डर कुशलले डेब्यू खेलमै रचे विश्व कीर्तिमान


२५ माघ २०७६, शनिबार
khusal malla

काठमाडौं, २५ माघ । बायाँ हाते युवा अलराउण्डर कुशल मल्लले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज क्रिकेटको डेब्यू खेलमै विश्व कीर्तिमान बनाएका छन् ।

त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग डेब्यू गर्दै अर्ध शतकीय इनिङ खेलेपछि सर्वाधिक सानो उमेरमा अर्धशतक पूरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन् ।

यो रेकर्ड कायम गर्दा कुशलको उमेर १५ वर्ष ३४० दिनको रहेको छ । ४९ बलमा कुशलले ३ छक्का र ४ चौका प्रहार गर्दै ५० रनको कीर्तिमान रचेका हुन् ।

यसअघि गत वर्ष रोहितकुमार पौडेलले यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गर्दै भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रेकर्ड तोडेका थिए । रोहितले उक्त खेलमा ५८ बलमा ५५ रन जोडेका थिए । जुन ओडीआई क्रिकेटमा सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने कीर्तिमान रचेका थिए ।

उक्त अर्धशतक प्रहार गरेको दिन रोहितको उमेर १६ वर्ष १४६ दिन रहेको थियो । यसअघि सचिनले टेस्टमा १६ वर्ष २१३ दिन र अफ्रिदीले १६ वर्ष २१७ दिनको हुँदा अर्धशतक प्रहार गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७