राष्ट्रपतिद्वारा उपत्यकामा पुनर्निर्माण भइरहेका सम्पदाहरुको अवलोकन (फोटो फिचर)


२५ माघ २०७६, शनिबार
puna nirman lok

काठमाडौं, २५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शनिबार) बिहान उपत्यकामा पुनर्निर्माण भइरहेका सम्पदाहरुको अवलोकन गरेकी छिन् ।

भण्डारीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त काठमाडौको रानीपोखरी, दरबार हाइस्कुल, धरहरा, बसन्तपुर दरबार क्षेत्रलगायत स्थानमा पुनर्निर्माण हुँदै गरेका संरचनाको अवलोकन गर्दै जानकारी लिएकी हुन् ।

बिहान ९ बजे शीतल निवासबाट रानीपोखरी पुगेकी उनले त्यहाँको निर्माण प्रगतिको जानकारी लिइसकेपछि दरबार हाइस्कुलको अवलोकनमा पुगेकी थिइन् । त्यसपछि धरहरा क्षेत्रको अवलोकनमा पुगेकी उनले बसन्तपुर दरबार क्षेत्रको समेत अवलोकन गरेकी थिइन् ।

अवलोकन भ्रमणपछि राष्ट्रपतिले पुनर्निर्माणले गति लिएकोमा खुशी व्यक्त गर्दै निर्माण कार्य छिटोभन्दा छिटो पूरा गर्न लाग्न सम्बिन्धित सबैसँग आग्रह गरेकी थिइन् । राष्ट्रपतिलाई पुनर्निर्माणमा भएका सम्पदाको प्रगतिबारे प्राधिकरणका सीईओ सुशील ज्ञवालीलगायतले जानकारी गराएका थिए ।
हेर्नुस् तस्विरहरु

pun nirman 9
pun nirman 8
pun nirman 7
pun nirman 6
pun nirman 5
pun nirman 4
pun nirman 2
pun nirman 3
pun nirman 1
Pro Ktm Hanumandhoka President 2
Pro Ktm Hanumandhoka President 5
Pro Ktm Hanumandhoka President 7
Pro Ktm Hanumandhoka President 10
Pro Ktm President DurbarSchool 7
Pro Ktm President Kastamandap 11

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७