अब मेरो भिडन्त प्रधानन्यायाधीशसँग हुन्छ : डा. गोविन्द केसी


२४ पुष २०७४, सोमबार
Dr Kc Govinda
फाइल तस्बिर

काठमाण्डौं : चिकित्सा शिक्षामा सुधारको माग गर्दै पटक–पटक आमरण अनसन बस्दै आएका प्राडा गोविन्द केसीले अब आफ्नो आन्दोलन प्रधानन्यायाधीशविरुद्ध हुने बताएका छन् ।Dr Kc Govinda

‘आईओएम डिन नियुक्तिको ४ वर्ष पूरानो मुद्दामा सुनियोजित रूपमा मेडिकल माफियाको स्वार्थ र साँठगाँठ अनुसार न्यायालयकै मानमर्दन हुने गरी फैसला गर्दै तत्कालीन प्रधानन्यायाधीश तथा सरकार प्रमुख खिलराज रेग्मीको सरकारले बर्खास्त गरेका माफियालाई आईओएमको डिन पदमा फर्काइएकोप्रति आपत्ति जनाउँदै उनले यसका विरुद्ध संघर्ष गर्ने जनाएका छन् ।

उनले एक विज्ञप्ती जारी गदैृ भनेका छन्–‘ न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायधीश र तिनले स्थापित गरेका माफियाविरुद्ध लड्नुको अब विकल्प छैन ।’ आज आन्दोलनका कार्यक्रमबारे पत्रकार सम्मेलन गरी थप जानकारी दिने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७