प्रदेश-२ सबैभन्दा गरीब


२६ माघ २०७६, आईतवार
state 2

जनकपुरधाम, २६ माघ । सबैभन्दा बढी गरिबी प्रदेश–२ मा देखिएको छ । प्रदेश–२ को नीति आयोगले गरिबीको दर उच्च रहेको र मानव विकास सूचकाङ्क निकै खस्किएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा बहुआयामिक गरिबी दर झण्डै ४८ प्रतिशत छ । गाँस, बास, कपासको समस्या र विरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ ।

नीति आयोगको पञ्चबर्षीय योजनाको आधारपत्रमा बहुआयामिक गरिबी दर ४७.९ प्रतिशत छ । नेपालको गरिबी दर २८.६ प्रतिशत छ । बहुआयामिक गरिबीमा प्रदेश २ दोस्रो नम्बरमा छ । आर्थिक गरिबी दर प्रदेशमा २७.७ प्रतिशत छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७