विश्वकप लिग: कप्तान ज्ञानेन्द्रको अर्धशतक


२६ माघ २०७६, आईतवार
gyanendra malla EFy20tNTnA

काठमाडौं,२६ माघ । कप्तान ज्ञानेन्द्र मल्लले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानविरुद्ध अर्ध शतक प्रहार गरेका छन् ।

ज्ञानेन्द्रले ७० बलमा आफ्नो दोस्रो ओडीआई अर्ध शतक पुरा गरे । २५ ओभरको चौथो बलमा मोहम्मद नदीमलाई चौका प्रहार गर्दै ज्ञानेन्द्रले अर्ध शतक पुरा गरेका थिए । यसअघि ज्ञानेन्द्रले २०१८ अगष्ट १ मा नेदरल्यान्डसँगको पहिलो ओडीआई डेब्यू खेलमा ५१ रन जोडेका थिए । ज्ञानेन्द्र मल्ल ७१ बलमा ६ चौका र १ छक्का सहित ५४ रनमा खेलि रहेका छन् । ज्ञानेन्द्रको ओडीआईमा यो उच्च प्रर्दशन हो । ज्ञानेन्द्रलाई आरिफ शेखले ७ रनमा साथ दिएका छन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २६ ओभरमा ३ विकेट क्षतिमा १ सय २३ रन बनाएको छ । दोस्रो विकेटका लागि पारस र ज्ञानेन्द्रले ५९ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । नदीमको २४ औं ओभरको पहिलो बलमा सट खेल्नेक्रममा पारस मिडअफमा सन्दीप गौडबाट ३८ रनमा क्याच आउट भए । पारसले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । पारस आउट भएको दुईबल पछि दीपेन्द्र सिंह ऐरी ठूलो सट खेल्नेक्रममा बिलाल खानबाट शून्यमा क्याच आउट हुन पुगे । दीपेन्द्र अमेरिकासँगको खेलमा पनि शून्यमा आउट भएका थिए ।

पहिलो विकेटका लागि ओपनर सुवास खकुरेल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि १४.१ ओभरमा ४८ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । १५ औं ओभरको पहिलो बलमा अलराउन्डर मोहम्मद नदीमले सुवासलाई २२ रनमा एलबिडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । सुवासले ४२ बलमा १ चौका प्रहार गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७