विकास निर्माणका काम आफै अनुगमन गर्दै सांसद ओझा


२६ माघ २०७६, आईतवार
bel

मोरङ, २६ माघ । सडक बन्दा तपाईहरूलाई कस्तो लागि रहेको छ ? अरू केही समस्याहरू छन् भने भन्नुहोस् मलाई’, सांसद राजकुमार ओझा अहिले यही प्रश्न गर्दै जनताको माझ पुगिरहेका छन् ।

ओझा आफ्नो क्षेत्रमा भएको कुनै पनि विकास कार्य योजनामा आफै पुगेर अनुगमन गर्दैछन् । विभिन्न विकासे योजनामध्ये प्रदेश–१ कै गौरवको एक आयोजना मोरङको सुन्दरहरैचाको विराटचोक र घिनाघाट जोड्ने ४ लेन सडक निर्माणाधीन छ । निर्माण कार्य कस्तो हुँदैछ भनेर ओझा आफै पुगेर बेला–बेला अनुगमन गर्ने गर्छन् ।

माघ २४ गते शुक्रवार त अझ भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश–१ का सचिव राजेशप्रसाद घिमिरे, पूर्वाधार विकास कार्यालय मोरङका सिनियर डिभिजन इन्जिनियर सुशील श्रेष्ठ, सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङलगायतको टोलीसहित ओझाले अनुगमन गरेका थिए । अहिले पनि उनको यो अनुगमन कार्य निरन्तर छ ।

अनुगमनबाट स्थानीय जनताको समस्या प्रष्ट बुझ्ने अवसर पाइरहेको ओझा बताउँछन् । उनी भन्छन्, ‘स्थानीय जनताको विचार बुझ्ने कोसि गरिरहेका छौं, विराटचोक घिनाघाट सडक आयोजनाले उनीहरूलाई उत्साह र खुी प्रदान गरेको छ । स्थानीयले खुी पनि प्रकट गरिरहेका छन् । आफ्ना समस्याहरू पनि खुलेर बताइरहेका छन् ।’ आफ्नो क्षेत्रदेखि प्रदेशको राजधानी विराटनगर जोडिने फराकिलोको सडक बनाउने सपना पुरा हुँदै गरेको ओझा बताउँछन् ।

bel1

सडक निर्माण भइरहँदा विभिन्न भौतिक संरचना भत्काउनु पर्ने, कुनै जोगाएर सार्नु पर्ने, काम गर्ने क्रममा केही संरचना भत्किने जस्ता समस्या रहेको ओझाले बताए । पानीको पाइपलाइन फुट्ने, बिजुलीमा अवरोध आउने समस्या रहे पनि यसलाई समाधान गर्दै जाने उनले बताए । स्थानीय जनताले ड्रे नको पनि आवश्यकता महसुस गरेकाले त्यस मागलाई पनि सम्बोधन गर्न पहल गर्ने ओझाले बताए ।

२२ किलोमिटर विराटचोक घिनाघाट सडक प्रदेश–१ को गौरवशाली आयोजना रहेको सचिव राजेशप्रसाद घिमिरे बताउँछन् । उनी भन्छन्, ‘निर्माण कार्य भइरहँदा स्थानीयले डे«नको पनि माग गरेका छन् । स्थानीयको माग सम्बोधन हुन्छ । तर, रकम अपुग हुने हुँदा त्यसको निम्ति मन्त्री ज्यूहरुसँग बसेर नीतिगत कुराहरू गर्नुपर्ने हुन्छ ।’

२०७६ साल असार मसान्तमा श्रेष्ठ रमण एपेक्ससँग सम्झौता भएसँगै भदौमा प्रदेश–१ का मुख्यामन्त्री शेरधन राईद्वारा २३ गते शिलान्यास भएपछि द्रुतगतिमा काम भइरहेकाले ३० प्रतिशत काम पुरा भइसकेको इन्जिनियर श्रेष्ठ बताएका छन् । २०७७ असार मसान्तसम्म सम्पन्न हुनुपर्नेमा हालको निर्माण कार्यको गतिलाई हेर्दा त्यो भन्दा छिटो सम्पन्न हुने श्रेष्ठको अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७