नेपालद्धारा ओमानलाई कीर्तिमानी लक्ष्य


२६ माघ २०७६, आईतवार
Nepali cricketer

काठमाडौं, २६ माघ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत तेस्रो खेलमा नेपालले ओमानलाई कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको अन्तराष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले ओमानलाई २५० रनमो लक्ष्य दिएको हो ।


नेपालले ओडीआईमा विपक्ष्यलाई दिएको सर्वाधिक ठूलो लक्ष्य हो । नेपालले गतवर्ष यूएईलाई दोस्रो खेलमा २ सय ४३ रनको लक्ष्य दिएको थियो । नेपालले ओडीआई बनाएको यो दोस्रो उच्च योगफल हो । यसअघि यूएईविरुद्ध तेस्रो खेलमा नेपालले २ सय ५५ रनको लक्ष्य पुरा गर्दै ऐतिहासिक ओडीआई सिरिज जितेको थिथो ।


टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४९ रनको योगफल तयार पारेको हो । सिरिजको पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको घरेलु टोली त्यसको बदला लिने योजनामा छ ।


नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रनको अर्ध शतकीय इनिङ खेले । २९ औं ओभरको पहिलो बलमा पार्टटाइम बलर अकीब इलियासले मोहम्मद नदीमबाट क्याच गराउनु अघि ज्ञानेन्द्रले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्रले ७० बलमा आफ्नो ओडीआई करिअरको दोस्रो अर्ध शतक पुरा गर्ने क्रममा २५ औं ओभरको चौथो बलमा मोहम्मद नदीमलाई चौका प्रहार गरेका थिए ।


दोस्रो विकेटका लागि पारस र ज्ञानेन्द्रले ५९ रनको महत्वूर्ण साझेदारी गर्दै इनिङ उकासेका थिए । नदीमको २४ औं ओभरको पहिलो बलमा सट खेल्नेक्रममा पारस मिडअफमा सन्दीप गौडबाट ३८ रनमा क्याच आउट भए । पारसले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । पारस आउट भएको दुईबल पछि दीपेन्द्र सिंह ऐरी खराब सट खेल्दै विलाल खानबाट शून्यमा क्याच आउट हुन पुगे ।


दीपेन्द्र अमेरिकासँगको खेलमा पनि शून्यमा आउट हुन पुगे । पहिलो विकेटका लागि ओपनर सुवास खकुरेल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि १४.१ ओभरमा ४८ रनको साझेदारी गरेका थिए । १५ औं ओभरको पहिलो बलमा अलराउन्डर मोहम्मद नदीमले सुवासलाई २२ रनमा एलबिडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । सुवासले ४२ बलमा १ चौका प्रहार गरे ।


यस्तै युवा अलराउण्डर कुशल मल्लले २४ बलमा २ चौका र २ छक्का सहित २८ रनको आक्रामक इनिङ खेले । कुशललाई अकीबले ३५ औं ओभरको दोस्रो बलमा स्लिपमा खावर अलीबाट क्याच गराएका थिए । कुशलले ३२ औं ओभरको पाँचौ र छैटौ बलमा मोहम्मद सनुथलाई लगातार छक्का प्रहार गरेका थिए । छैटौं विकेट लागि आरिफ शेख र विनोद भण्डारीले ३२ रनको साझेदारी गर्दै नेपाललाई बलियो योगफल सम्म पुर्याए ।


अकीबले ४३ औं ओभरको पहिलो बलमा एलबिडब्लू आउट गर्नुअघि आरिफ शेखले ४५ बलमा १ चौका सहित २८ रन जोडे । तल्लोक्रममा विनोद भण्डारीले ४७ बलमा ५ चौका सहित ३५ रनमा रन आउट हुन पुग्गे । करण केसी १० रनमा क्याच आउट भए । सन्दीप लामिछानेले १० र कमल सिंह ऐरीले ९ रनमा अविजित रहे । ओमानका अलराउन्डर अकीब इलियासले १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । मध्य गतिका बलर मोहम्मद नदीमले ८ ओभरमा १ मेडन सहित ४४ रन खर्चेर ३ विकेट लिए । ओमानले नेपालविरुद्ध ७ बलर प्रयोग गरेको थियो ।


राष्ट्रिय टोलीमा कमलको डेब्यु
तीव्रगतिका बलर कमल सिहं ऐरीले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्।   राष्ट्रिय टोलीबाट कुनै पनि प्रतियोगिता नखेली ओडआइ मार्फत डेब्यु गर्ने उनी पहिलो खेलाडी हुन्। कमललाई नेपालको २३ औं ओडीआई क्याप कप्तान ज्ञानेन्द्र मल्लले दिएका हुन्।

कमल  तीब्र गतिका बलर अभिनाश बोहराको स्थानमा  मौका पाएको हाे ।  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७