ओमानविरुद्ध कुशलले दिलाए पहिलो सफलता


२६ माघ २०७६, आईतवार
khusal malla1

काठमाडौं, २६ माघ । नेपालका युवा अलराउण्डर कुशल मल्लले नेपाललाई पहिलो सफलता दिलाएका छन् । त्रिवि क्रिकेट मैदानमा भइरहेको आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको दोस्रो खेलमा कुशलले पहिलो विकेट दिलाएका हुन् ।

ओमानले ५० रन बनाउँद पनि कुनै विकेट लिन नसकेको अवस्थामा उनले ११.१ ओभरमा विकेट लिए ।  कुशल मल्लले जतिन्दर सिंहलाई बोल्ड गरेका हुन् । उनी २३ रन बनाएर पभेलियन फर्किएका छन् ।

अमेरिका विरुद्धको खेलमा डेब्यु गरेको उनले पहिलो इनिङमा २४ बलमा २ चौका र २ छक्का सहित २८ रन बनाए ।

अमेरिका विरुद्ध उनले एकदिवसिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडी कीर्तिमान समेत राखेका छन् ।  उनले १५ वर्ष ३ सय ४० दिनमा अर्धसतकीय इनिङ खेल्दै कीर्तिमान बनाएका हुन् ।

कुशलले नेपालकै रोहितकुमार पौडेलको कीर्तिमान तोडेका हुन् । उनी अमेरिकाविरुद्ध रोहितकै स्थानमा पहिलो रोजाइमा पर्दै उनले ओडिआईमा डेब्यू गरेका थिए । अमेरिकाविरुद्ध उनले ३६ औं ओभरको दोस्रो बलमा करिमा गोरको बलमा क्याच आउट हुनुअघि ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । कुशलले ४९ बलमा डेब्यू अर्ध शतक प्रहार गरेका थिए ।

  कुशलले पहिले खेलमा  १० ओभरमा १ मेडन राखेर रन खर्चेर १ विकेट समेत लिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७