मेस्सीको कमाइ रोनाल्डोको भन्दा झण्डै दोब्बर, कसले कति कमाउँछन् ?


२६ माघ २०७६, आईतवार
Messi Ronaldo

काठमाडौं, २६ माघ । बार्सिलोना तथा अर्जेन्टिनाका फुटवल स्टार लियोनल मेस्सीको कमाइ युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोको भन्दा झण्डै दोब्बर बढी रहेको छ ।

मेस्सीले फुटबलबाट मासिक ८ दशमलव ३ मिलियन युरो कमाइ गर्छन् भने रोनाल्डोको मासिक कमाइ ४ दशमलव ५ युरो कमाइ गर्ने गरेको एक अध्ययनले देखाएको छ ।

त्यस्तै धेरै कमाउने खेलाडीको तेस्रो नम्बरमा पीएसजीका खेलाडी नेयमार रहेका छन् । उनको मासिक कमाइ ३ मिलियन युरो रहेको छ भने बार्सिलोनाका फरवार्ड स्वारेज र ग्रिजम्यानको कमाइ झण्डै ३ मिलियन युरो रहेको छ ।

सूचीको छैटौं स्थानमा रियल मड्रिडका गेरेथ बेल र इडेन हाजार्ड रहेका छन् । जसको मासिक कमाई २.५ मिलियन युरो रहेको जनाइएको छ । त्यस्तै सर्वाधिक कमाइ गर्ने प्रशिक्षकमा एट्लेटिको मड्रिडका डिएगो सिमोनले रियल मड्रिडका जिनेदिन जिदानलाई पछि पारेका छन् ।

सिमोनको कमाइ मासिक ३ दशमलव ६ मिलियन युरो रहेको बताइएको छ । रियल मड्रिडका जिनेदिन जिदानले मासिक १ दशमलव ४ मिलियन युरो कमाउने अध्यनले देखाएको छ ।
त्यस्तै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको कमाइ १ दशमलव ९ मिलियन युरो तथा टोटनह्यामका जोसे मोरिन्हो र लिभरपुलका क्लोप दुवैले मासिक १ दशमलव ४६ मिलियन कमाइ गर्दै आइरहेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७