मानवअधिकारकर्मी नै लागूऔषध कारोबारमा !


२४ पुष २०७४, सोमबार
lagu aushadi pakrau makawanpur

मकवानपुर : मानवअधिकारकर्मीको ज्याकेट लगाएका दुई जनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीले प्रतिबन्धित लागूऔषध नाइट्रोभेटसहित चितवन रत्ननगर नगरपालिका–४ का सञ्जय चौधरी र २६ वर्षीय सञ्जय भुजेललाई पक्राउ गरी मुद्दा चलाएको छ ।lagu aushadi pakrau makawanpur

पक्राउ पर्ने सञ्जय चौधरीले मानवअधिकार आयोगको ज्याकेट लगाएको र उनीबाट मानवअधिकारकर्मीको परिचय–पत्र समेत बरामद भएको प्रहरीले जनाएको छ । हेटौंडाबाट चितवन जाँदै गरेको अवस्थामा ना ४२ प ४६४७ नम्बरको स्कुटरको फुट प्यानलभित्र कालो प्लाष्टिकमा लुकाएर लैजाँदै गरेको १९ पत्तामा ५ सय ७० ट्याब्लेट र रेस्काप ३ बोत्तलसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई लागूऔषध ऐन २०३३ बमोजिम जिल्ला अदालत मकवानपुरबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकपानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७