पूर्वराजा ज्ञानेन्द्रले लखनउमा किने भेटे योगी आदित्यनाथलाई ?


२४ पुष २०७४, सोमबार

काठमाण्डौं : पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको लखनउ गएर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र केही दिनदेखि नेपालकै मध्य तथा सुदूरपश्चिम भ्रमणमा थिए ।

उनी त्यतैबाट लखनउ पुगेका हुन् । आफ्नो सरकारी आवासमा ज्ञानेन्द्रसँग भेट भएको भन्दै आदित्यनाथले तस्वीर ट्वीट गरेका छन् । नेपालका वाम एकता र सरकार गठनका लागि सकस भइरहेका बेला भएको पूर्व राजा ज्ञानेन्द्रको लखनउ भ्रमणलाई उत्सुकताका साथ हेरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७