सांस्कृतिक सम्पदाको ६० प्रतिशत पुनर्निर्माण सम्पन्न


२६ माघ २०७६, आईतवार
Krishana mindir patan musim
????????????????????????????????????

काठमाडौं, २६ माघ । भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाको संरक्षण तथा पुनर्निर्माणको काम करिव ६० प्रतिशत पुरा भएको पुरातत्व विभागले जनाएको छ ।

आइतबार काठमााडौंमा भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाको संरक्षण तथा पुनर्निर्माणको अवस्थाबारे जानकारी गराउदै बिभागले उपत्यका भित्रका विश्वसम्पदा क्षेत्रभित्र क्षति भएका कुल १७० सम्पदामध्ये १०१ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको जानकारी गराएको हो ।

काठमाडौंका ५४ सम्पदाको पुनर्निर्माण चालु रहेको र १५ सम्पदा पुनर्निर्माण सुरु गर्न बाँकी रहेको बिभागको भनाई छ । बिभागका अनुसार हनुमानढोका क्षेत्रभित्रका क्षतिग्रस्त ३९ सम्पदामध्ये १९ वटाको पुनर्निर्माण सम्पन्न भएको छ । ९ सम्पदाको पुनर्निर्माण चालु अवस्थामा र ११ सम्पदाको पुनर्निर्माण सुरु गर्न बाँकी रहेको छ ।

भूकम्पका कारण ३१ जिल्ला प्रभावित भए पनि चितवन र नवलपरासी बाहेकका जिल्लामा सम्पदामा क्षति पुगेको थियो । जसमध्ये, क्षति भएका ३८० सम्पदामध्ये १३९ सम्पदाको पुनर्निर्माण सम्पन्न, १३२ सम्पदाको पुनर्निर्माण चालु अवस्थामा र १०१ सम्पदाको पुनर्निर्माण बाँकी रहेको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दुईबर्षभित्र पुरातात्विक संम्पदाको पुननिर्माण कार्य सम्पन्न हुने बताए ।


मन्त्री भट्टराईले पुननिर्माण लागि पुरात्वीक समाग्री नै प्रयोग गरिने र प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राख्ने जानकारी दिए ।


मन्त्री भट्टराईले भ्रमण वर्षका लागि काठमाडौँ, ललितपुर र भक्तपुर दरबार क्षेत्रमा राति पनि घुम्न सकिने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

विभागका निमित्त महानिर्देशक दामोदर गौतमले प्रदेश नं १ को विराटनगर क्षेत्रमा महाभारतकालीन विराट दरबार र किचकबधको पनि उत्खनन भइरहेको जानकारी दिए ।

सम्पदा पुनःनिर्माणमा पुराना निर्माण सामग्री र स्वरुपलाई नबिगारिएको दाबी उनले गरे। विभागका अनुसार देशभर ५ हजार पुरातात्विक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा रहेका छन् भने ४७० वटा पुरातात्विक स्थल रहेका छन् । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट प्रभावित ३१ जिल्लाका कुल ९२० सम्पदामा क्षति पुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७