आफ्नै सरकारमाथि खनियो नेवि संघ


२४ पुष २०७४, सोमबार
ne

काठमाण्डौं : नेपाल विद्यार्थी संघ (नेवि संघ) ले आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध आन्दोलनको चेतावनी दिएको छ । विगतमा उठाइएका विभिन्न माग ७२ घण्टाभित्र सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन जाने चेतावनी दिंदै नेवि संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।ne

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेवि संघका नेताहरुले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा बम विष्फोटमा परी घाइते नेवि संघकी केन्द्रीय सदस्य मिरा कटुवालको उपचार खर्च समेत सरकारले उपलब्ध नगराएकोमा आक्रोश व्यक्त गरेका थिए । आफ्ना मागहरू अबको ७२ घण्टाभित्र पनि पूरा नभए सरकारविरुद्ध कडा संघर्षमा जाने नेवि संघका अध्यक्ष नैनसिंह महराले जानकारी दिएका छन् । नेविसंघले जाडोका कारण देशका विभिन्न जिल्लामा हुन सक्ने महामारीलाई समयमै रोकथाम गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

नेविसंघले आफ्ना मागहरू पूरा गराउन सोमबारबाटै दबाब स्वरुप हस्ताक्षर अभियान पनि थालेको छ । उनीहरूले माग सम्बोधन नगरे सरकारविरुद्ध आमरण अनसन समेत बस्न बाध्य हुने चेतावनी समेत दिएका छन् । नेवि संघले उच्च शिक्षामा सबैको पहुँच पु¥याउन सर्टिफिकेट धितो राखेर सहुलियत ऋणको व्यवस्था गर्न, सबै स्थानीय तहमा प्राविधिक शिक्षाको व्यवस्था गर्न, देशभरका सबै शैक्षिक संस्थाहरूमा इ–लाईब्रेरीको व्यवस्था गर्न, विद्यार्थीहरूलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७