कनेक्ट आइपीएसमा रजिष्ट्रेशन गर्दा बैंक अफ काठमाडौंका ग्राहकलाई रु १००


२६ माघ २०७६, आईतवार
connect ips WjzCqNP743

काठमाडौं, माघ २६ । बैंक अफ काठमाडौं र नेपाल क्लियरिङ्ग हाउस बीच बैंकका ग्राहकहरुले आफ्नो खातालाई कनेक्ट आइपीएसमा पहिलो पटक रजिष्ट्रेशन गर्दा एक सय ग्राहक खातामा उपलब्ध गराउने सहमती भएको छ ।


बैंकका ग्राहक महानुभावहरुले कनेक्ट आइपीएसमा आफ्ना खातालाई पहिलो पटक लिंक गरी बैंकबाट भेरीफाइपश्चात् ग्राहकहरुको आफ्नै खातामा १०० जम्मा हुनेछ ।


ग्राहकहरुले आइपीएसमा रजिष्ट्रेशन पश्चात् घरमा बसी बसी आफ्नो आवश्यकता बमोजिमको रकमान्तर तथा अन्य सुविधाहरुको सजिलै उपयोग गर्न सकिने जानकारी बैंकले गराएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७