ग्लोबल आइएमई बैंकको खुद मुनाफा २ अर्व १४ करोड


२६ माघ २०७६, आईतवार
globalime Bank

काठमाडौं, माघ २६ । ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्व १४ करोड रुपैयाँ खुद मुनाफा प्राप्त गरेको छ।

उक्त मुनाफामा साविकको जनता बैंक नेपाल लिको गत मंसिर १९ सम्मको मुनाफा समेत समावेश गरिएको छ।ग्लोबल आइएमई बैंक र जनता बैंक एक आपसमा गाभिई गत मंसिर २० गतेदेखि एकिकृत कारोबार सुरु भएको थियो।

हाल बैंकको प्राथमिक पूँजी २४ अर्व ८७ करोड, कुल पूँजी २८ अर्व १६ करोड, कुल निक्षेप २ खर्व १३ अर्व र कर्जा तथा ऋण लगानी १ खर्व ९८ करोड रुपैयाँ भन्दा बढी पुगेको छ।

बैंकले हाल ८१७ शाखा तथा सेवा संजाल मार्फत १९ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

यससँगै २७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा मार्फत देशका ७० वटा जिल्लामा सेवा प्रदान गरिरहेको छ।

यसै आर्थिक वर्षमा खोलिने थप ५९ शाखा सहित देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने बैंकको योजना छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७