प्रधानमन्त्रीले भने, ‘केही उपलब्धी भए पनि सरकारको कामबाट सन्तोष गर्ने ठाउँ छैन’


२६ माघ २०७६, आईतवार
kp oli 3 scaled

काठमाडौं, २६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारको कामलाई सुधार गर्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा आइतबार बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले काममा भएको ढिलासुस्तीले सन्तोष गर्ने ठाउँ नभएको भन्दै तीनै तहका सरकारको कामलाई सुधार गर्नुपर्ने बताएको हो ।

‘काममा अत्यन्तै ढिलासुस्ती भयो । वैदेशिक लगानीका आयोजनाको काम पनि तीव्र गतिमा हुन सकेन’, उनले भने, ‘अपेक्षित विकास योजना पनि समयमा नसकिँदा जनताले पाउनु पर्ने लाभ पनि पाउन समस्या भयो ।’
उनले

अपेक्षित विकास योजना पनि समयमा नसकिँदा जनताले पाउनु पर्ने लाभ पनि पाउन समस्या भएको जिकिर गरे । ‘केही उपलब्धी भएका छन् तर सन्तोषजनक भएका छैनन्, जुन गतिले विकास गर्नुपर्ने थियो त्यो गति हामीले पक्रन सकेका छैनौँ ।’

बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय आयोजना बैंक नामक बेवसाइट र सर्भरको शुभारम्भ गरे । बैठकको अध्यक्षता गरेर आफ्ना कुरा राखिसकेपछि प्रम ओली महसुस भएको भन्दै बाहिरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७