श्रीमती खोजी दिन पत्रकारलाई हारगुहार


२४ पुष २०७४, सोमबार
Women
www.janaboli.com

विराटनगर : नगदसहित श्रीमती बेपत्ता भएपछि एक जना युवा बिच्चलीमा परेका छन् । बुढीगंगा–२ का गिरानन्द पासवानले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले तीन लाख र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराएका छन् ।

एक १७ वर्षीय छोरा र दुई छोरी गरी तीन सन्तानकी आमा भएकी अनिता बेपत्ता भएपछि छोराछोरी बिच्चलीमा परेको उनले बताए । बेपत्ता भएकी श्रीमतीलाई खोजी गरिदिनका लागि प्रहरीमा जाहेरी समेत दिएको भए पनि अहिलेसम्म फेला नपरेपछि पत्रकार सम्मेलन गर्नुपरेको उनले बताए । गिरानन्द पासवानअनुसार श्रीमती बेपत्ता हुनुअघि मोबाइलको कल डिटेल हेर्दा एक जनासँग ६४५ पटक फोन सम्पर्क गरेको पाइएको जानकारी पनि दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७