प्रधानन्यायाधीशको राजीनामा माग्दै डा. केसीले भने–पराजुली भ्रष्ट माफिया हुन्


२४ पुष २०७४, सोमबार
kc
?????????????????????????????????????????????????????????

काठमाण्डौं : प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सोमबारबाट आरमण अनसनमा बसेका छन् ।

kc
पराजुलीसहितको इजलासले डीन डा. शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिए लगत्तै डा. केसीले अनसन शुरु गरेका हुन् । केसी आज ४ बजेबाट अनसन बसेका हुन् । न्यायलयलाई व्यक्तिगत स्वार्थपूर्ति गर्ने माध्यम र आफ्ना न्यायिक अपराध छोप्ने खोल बनाएको भन्दै उनले भने–‘न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध लड्नुको विकल्प छैन ।’

पाँच बुँदे माग राख्दै अनसन थालेका डा. केसीले पराजुलीको राजीनामालाई पहिलो माग बनाएका छन् । साथै उनीमाथि छानविन गरेर कार्बाही गर्नुपर्ने बताएका छन् । चिकित्सा शिक्षा आयोग गठन, आईओएमका डीनमा जेपी अग्रवाललाई कायमै राख्नु पर्ने तथा शशी शर्माका साथै त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नु पर्ने उनको माग छ । अनसन बस्नुअघि पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानन्यायाधीश पराजुली भ्रष्ट र माफिया भएको आरोप लगाएका छन् । ‘हाम्रो न्यायालय न्याय दिने होइन, न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसँग मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमान्दारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ’–उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७