प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्स कम्पनीद्वारा संयुक्तरूपमा घुम्ति बीमाकाे सुरूवात


२७ माघ २०७६, सोमबार
gumti bima sewa suruwat scaled

काठमाडौं, २७ माघ । प्राइम लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले संयुक्तरूपमा घुम्ति बीमा सेवा संचालन गरेका छन् । 


बीमा समितिद्घारा जारी शाखारहित घुम्ति बीमा सेवा सम्बन्धि मार्गदर्शन–२०७६ मा व्यवस्था भए बमोजिम ग्राहकहरूलाई घरदैलोमा नै बीमा सेवा प्रदान गर्ने उदेश्यले उक्त घुम्ति बीमा सेवाको सुरुवात गरेको हो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले ठाकुरद्घारा, वर्दियामा आयोजित एक भव्य समारोहका बिच सो घुम्ति बीमा सेवाको शुभारम्भ गरेको थियो ।

सो अवसरमा अध्यक्ष चापागाँइले बीमालाई आम जनता माझ सरलरूपमा जानकारी गराई बीमा सेवा उपलब्ध गराउन यस प्रकारका कार्यक्रमले सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
उनले जीवन तथा निर्जिवनबीमा ब्यवसायका विभिन्न आयमका सम्वन्धमा आफ्नो धारण व्यक्त भएको थियो ।

उक्त कार्यक्रममा एभरेष्ट इन्स्योरेन्सका कार्यकारी अधिकृत कमल गौतमले स्वगत मन्तव्य तथा प्राइम लाइफ इन्स्योरेन्सका कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जीवन बीमाको महत्ववारे आफ्नोधारण व्यक्त गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७