प्रहरी भन्छ : पूर्व सचिव पत्नी मुनाको हत्यामा धारिलो हतियार प्रयोग (अपडेट)

भान्सा कोठामा भेटिए यस्ता सामान


२७ माघ २०७६, सोमबार
muna karki

काठमाडौं, २७ माघ । आफ्नै घरको भान्छा रगत लतपतिएको अवस्थामा घाइते फेला परेकी पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा ज्यान गयो ।

ललितपुर उपमहानगरपालिका–२, सानेपास्थित घरको भान्छा कोठामा गम्भीर घाइते अवस्थामा फेला परेकी कार्कीको टाउकोमा गहिरो चोट लागेको फेला परेको छ । घटनास्थलमा पुगेको प्रहरीले उनको उद्धार गरी स्टार अस्पताल पुर्‍याएको थियो ।

arjun

यता कार्कीको घरमा काम गर्ने दाङ घर भएका अन्दाजी २३ वर्षका विजय चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत फेला परे । अस्पताल प्रशासनले जानकारी दिए अनुसार श्रीमती कार्कीको टाउकोमा धेरै गम्भीर चोट लागेको छ । घाँटी र हातमा पनि निलडामको घेरा देखिन्छ । ‘उहाँको टाउकोमा गहिरो चोट थियो । हाम्रा चिकित्सकहरु ४५ मिनेटसम्म सीपीआर दिएर रिभाइभ गर्ने कोशिस गर्‍यौं। तर त्यो सफल हुन सकेन,’ अस्पताल प्रशासन स्रोतले भन्यो ।

बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर निस्किएका पूर्व सचिव कार्की घर फिर्ता हुँदा सो अवस्था देखेर चिच्याएपछि जम्मा भएका छिमेकीले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

arjun karki

त्यस लगत्तै घरमा पुगेको प्रहरीले मुना कार्कीलाई जीवित नै रहेको फेला पारेपछि अस्पताल लगेको थियो । ‘प्रहरी घर पुगेर छाम्दा पल्स भेटिएपछि उहाँलाई नजिकै रहेको स्टार अस्पताल लगिएको थियो,’ महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने, ‘उहाँको अवस्था निकै गम्भीर थियो । यस्तै कामदारको भने मृत्यु भइसकेको अवस्था थियो ।’

परिसरका मुद्दा शाखाका डिएसपी सन्तोष तामाङका अनुसार अहिले घटनास्थलको मुचुल्का गर्ने कार्य भइरहेको छ । सो क्रममा भान्छा कोठामा रहेको टेबुलमा साग र मोबाइल फोन फेला परेको छ भने चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७