म्यानको अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंककाे सिइओ श्रेष्ठ निर्वाचित


२७ माघ २०७६, सोमबार
kiran shrestha

काठमाडौं, २७ माघ । म्यानेजमेन्ट एशोसिएसन नेपाल (म्यान)को अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ ‍चयन भएका छन् । सोमबार भएको अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकका सिइओ पनि हुन् । संखुवासभाको चैनपुरमा जन्मिएका श्रेष्ठ सरकारी स्वामित्वकै नेपाल बैंकको महाप्रवन्धकबाट अवकास पाएका व्यक्ति हुन् ।

नेपाल बैंकमा उनले ३० वर्ष काम गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट २०३८ सालमा जनप्रसाशन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका छन् ।

यस्तै म्यानको पहिलो उपाध्यक्षमा बहादुर श्रेष्ठ तथा द्धितीय उपाध्यक्षमा सुमन पोख्रेल निर्वाचित भएका छन् । भने महासचिवमा धर्मेन्द्र अवस्थि तथा अनु श्रेष्ठ जोशी कोषाध्यक्ष लगायत १९ कार्य समिति सदस्य चयन भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७