डिसहोममा अब ‘डिलर दाइको डिस्काउण्ट’ अफर, थप सुविधासहित एक लाख नगद उपहार


२७ माघ २०७६, सोमबार
dish home

काठमाडौं, २७ माघ । डिसहोमले आफ्ना ग्राहकहरुलाई थप सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिसहोममा डिलर दाइको डिस्काउण्ट’ नामक अफर ल्याएको छ ।

जस अनुसार डिसहोमका डिलरहरुमार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरे बापत ‘एड अन’ प्याकेजसहित ‘साप्ताहिक लक्की ड्र’ मा भाग लिने अवसर प्राप्त हुनेछ । हप्तामा दुई जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति एक लाख नगद उपहार जित्ने छन् । ‘साप्ताहिक लक्की ड्र’ कार्यक्रम सोमबारदेखि लागू हुनेछ ।

योजना फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागि मात्र लागू हुनेछ । ‘साप्ताहिक लक्की ड्र’ फागुन २ गतेबाट डिसहोमको ‘शो केस च्यानल नं १००’ मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ ।

प्रत्येक हप्ताको शुक्रबारदेखि बिहीबारसम्म वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई आउने शुत्रबारको ‘लक्की ड्र’ मा समावेश गरिने छ । फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई मात्र ‘साप्ताहिक लक्की ड्र’ मा समावेश गरिने छ ।

समावेश भएका ग्राहकहरुको डिसहोम सेट–टप बक्सको केस आईडीको आधारमा विजेताको घोषणा गरिने छ । बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ । नेपालभर रहेका जुनसुकै डिसहोमका डिलरहरुमार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७