कोरियन चलचित्र ‘प्यारासाइट’ले ओस्कार जितेर रच्यो इतिहास


२७ माघ २०७६, सोमबार
436ebd40be6a5a3db81a9e41386d381a w1000 h500 cp

काठमाडौं, माघ २७(एजेन्सी) । दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रको सबैभन्दा ठूलो अवार्ड ओस्कार जितेर इतिहास रचेको छ।

हलिउडका चर्चित अभिनेता ब्राड पिटले पहिलो ओस्कार अवार्ड प्राप्त गर्न सफल भएका छन्। ५६ वर्षको उमेरमा ब्राड पिटले ‘वन्स अपन अ टाइम इन हलिउड’मा गरेको अभिनय बापत् ‘बेस्ट सपोर्टिङ एक्टर’को अवार्ड पाएका हुन्।

3ced7aa0fced3719e817a2727687407d w1000 h500 cp

‘वन्स अपन अ टाइम इन हलिउड’बाट उत्कृष्ट सहयोगी कलाकारको ओस्कार पाउँदा यसै चलचित्रका लियोनार्दो डि क्याप्रियो उत्कृष्ट अभिनेताको मनोनयनमा परेका थिए।

यद्यपी उक्त अवार्ड जोकरका अभिनेता जोआक्वीन फिनिक्सले जिते।

१.सर्वोत्कृष्ट चलचित्र
२. सर्वोत्कृष्ट निर्देशकः बोङ जुन–हो
३. बेस्ट स्क्रिनप्ले अवार्ड
४. बेस्ट इन्टरनेसनल फिचर अवार्ड

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७