हलिउडका चर्चित अभिनेता ब्राड पिटले ५६ वर्षेमा जिते ओस्कार


२७ माघ २०७६, सोमबार
brad pit

काठमाडौं, २७ माघ (एजेन्सी) । हलिउडका चर्चित अभिनेता ब्राड पिटले अन्तर्राष्ट्रिय चलचित्र जगतको सर्वोत्कृष्ट अवार्ड ओस्कार प्राप्त गर्न सफल भएका छन्।

५६ वर्षको उमेरमा ब्राड पिटले ‘वन्स अपन अ टाइम इन हलिउड’मा गरेको अभिनय बापत् ‘बेस्ट सपोर्टिङ एक्टर’को अवार्ड पाएका हुन्।

‘वन्स अपन अ टाइम इन हलिउड’बाट उत्कृष्ट सहयोगी कलाकारको ओस्कार पाउँदा यसै चलचित्रका लियोनार्दो डि क्याप्रियो उत्कृष्ट अभिनेताको मनोनयनमा परेका थिए।

यद्यपी उक्त अवार्ड जोकरका अभिनेता जोआक्वीन फिनिक्सले जिते। ४५ वर्षे अमेरिकी कलाकार फिनिक्सले यस उपाधि जित्न लियोनार्दो डि क्याप्रियो, एन्टोनियो बान्दरेस, आडम ड्राइभर तथा जोनाथन प्राइसलाई उछिने।

यस्तै ओस्कारको सर्वोकृष्ट अभिनेत्रीको अवार्ड चलचित्र ‘जुडी’की अभिनेत्री रेनी जेलवेंगरले प्राप्त गरिन्। सर्वोकृष्ट ओस्कारको अवार्ड भने कोरियाली चलचित्र प्यारासाइटले जित्यो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७