गौतम बुद्ध क्रिकेट रंगशालालाई ग्लोबल आइएमई बैंकले दियो एक करोड


२७ माघ २०७६, सोमबार
Chandra Dhakal OvQrktCFp3

काठमाडौं,माघ २७ । ग्लोबल आइएमई बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड रुपैया सहयोग प्रदान गरेको छ ।


रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा आज बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले उक्त सहयोगको घोषणा गरेका हुन् । देशकै गौरबको योजनाको रुपमा रहेको क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न बैंकले सहयोग गरेको ढकालले बताए ।

राष्ट्रको खेलकुदको विकास तथा क्रिकेटका क्षेत्रमा विगतमा नेपाली खेलाडीहरुले गरेको प्रगतिलाई थप उर्जा प्रदान गर्दै खेलकुदमार्फत समग्र राष्ट्रलाई एकजुट बनाउने महानगरपालिकाको अभियानमा सहयोग गर्न पाउँदा बैंक परिवार अत्यन्तै खुशी छ ।Gautam Buddha International Cricket Stadium Chitwan


ग्लोबल आइएमई बैंक परिबार भरतपुर महानगरपालिकाको योजना तथा सम्पूर्ण देशवासीको चाहना अनुसारको यो रंगशाला निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास बैंकको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७