पूर्व सचिव पत्नी मुनालाई कामदारले जबरजस्ती करणी गरेको आशंका


२८ माघ २०७६, मंगलवार
muna karki morder

काठमाडौं, २८ माघ । पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्याअघि जबरजस्ती करणीको प्रयास भएको आशंका गरिएको छ ।

उनकै घरमा काम गर्दै आएका विजय चौधरीले हत्या गर्नुअघि कार्कीमाथि जबरजस्ती करणीको प्रयास गरेको र त्यसको प्रतिरोध गर्दा उनको हत्या भएको प्रहरीले आशंका गरेको हो । आत्महत्यापछि भेटिएको चौधरीको शवको पाइन्टमा वीर्य भेटिएको प्रहरीको दाबी छ ।

यद्यपि प्रहरीले शवलाई पोष्टमार्टमका लागि अस्पताल लगिसकेकाले चिकित्सकको रिपोर्टले नै जबरजस्ती करणीको भएको हो वा होइन भन्ने निश्चित गर्ने जनाइएको छ ।

सोमबार बिहान भएको उक्त घटनामा उनकै घरमा कामदार रहेका विजय चौधरीले हत्या गरेको प्रहरीको दाबी छ । घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरी हत्या गरेको खुलासा भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७