ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के विषयमा भयो छलफल ?

आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक, मुख्य एजेण्ड प्रहरी महानिरीक्षक नियुक्ति


२८ माघ २०७६, मंगलवार
KP oli And Prachand 2

काठमाडौं, २८ माघ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आन (मंगलबार) बालुवाटारमा भेटवार्ता भएको छ ।

दुई अध्यक्षबीच मंगलबार बिहान साढे १० बजेतिर बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको हो । ‘उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘अहिले उहाँहरू निस्किनु भएको छ ।’ भेटवार्ता के विषयमा भएको हो भन्ने विषयमा थापाले खुलाएनन् ।
स्रो

तका अनुसार ओलीको स्वास्थ्यमा समस्या आएपछि अवरुद्ध नेकपा सचिवालयको बैठक पुनः राख्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको छ । भेटवार्तामा पार्टी एकता प्रक्रिया टुंग्याउने, जनयुद्ध तथा जनआन्दोलनका सहिदका शहीदरुको स्मृति दिवसलगायत विषयमा छलफल भएको बताइएको छ ।

माघ १५–१९ मा भएको नेकपा केन्द्रीय कमिटी बैठकले १५ दिनभित्र पार्टी एकता प्रक्रिया टुंग्याउने गरेको छ । यसैगरी माओवादी जनयुद्ध शुरु भएको दिन १ फागुनको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा जनयुद्ध तथा जनआन्दोलनका शहीदप्रति श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने नेकपाको तयारी छ ।

आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक, मुख्य एजेण्ड प्रहरी महानिरीक्षक नियुक्ति
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (मंगलबार) मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा नेपाल प्रहरी प्रमुख नियुक्तिको विषयमा मुख्य एजेण्डा रहेको छ । हिजो बसेको बैठकमा प्रहरी महानिरिक्षक (आईजीपी) छनौट गर्न नसकेपछि आजका लागि बैठक डाकिएको हो ।

प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको आजदेखि सेवा अवधि सकिँदैछ । साथै उनका ब्याचका एआइजीहरुको पनि पदावदी सकिएकोले सरकारले आज डिआईजीमध्येबाट एक जनालाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्नुपर्नेछ ।

सरकारले प्रहरी ममहानिरीक्षक खनालको सेवा अवधिको समय थप गर्ने वा डिआइजीहरु ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल, सूर्य उपाध्यायमध्येबाट महानिरीक्षक नियुक्ति गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७