चौधरीको ‘अण्डरवेयर’ मा विर्य र रगत, सीसीटीभीको ओझेलमा १३ मिनेटसम्म के गरे ?


२८ माघ २०७६, मंगलवार
arjunkarki

काठमाडौं, २८ माघ । पूर्व सचिव अर्जुन कार्कीको पत्नी मुनाको सांघातिक आक्रमणबाटै मृत्यु भएको पुष्टि भइसकेको छ ।

पूर्व सचिव पत्नी मुना कार्कीको पोष्टमार्टम रिपोर्ट समेत आएको छ । रिपोर्टमा उनको हत्या नै भएको देखिएको छ । पोष्टमार्टममा संलग्न पाटन अस्पतालका डाक्टरका अनुसार उनको टाउकोमा घाउ देखिएको छ भने घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ ।

‘पोष्टमार्टमले मुनाको मुटुमा पनि रगत जमेको देखिएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘शवको अध्ययन गर्दा कुटपिट गरेर, घाँटी कसेर हत्या गरेको देखिन्छ । भुइँमा टाउको बजारेको कारण मुटुमा रगत जमेको हो ।’

सोमबार बिहान ललितपुरस्थित आफ्नै घरमा ४९ वर्षीया कार्कीको हत्या भएको थियो । घरमा काम गर्ने विजय चौधरीले समेत आत्महत्या गरेका कारण उनैले मुनाको पनि हत्या गरेको प्रहरीको प्रहरीको अनुसन्धानले देखाएको छ ।

पोष्टमार्टममा सबै कोणबाट अध्ययन गर्नुपर्ने भएकाले अझै एक–दुई दिन पछि मात्रै बिस्तृत प्रतिवेदन प्रहरीलाई बुझाउने डाक्टरले बताएका छन् । यता प्रहरीले भने कार्कीमाथि बलात्कार प्रयास भएको समेत आशंका गरेको छ ।

कामदार चौधरीले लगाएको पाइन्टमा विर्य देखिएका कारण मुनालाई हत्या गर्नुअघि बलात्कार प्रयास गरेको प्रहरीको आंशका छ । तर, यसबारे थप अध्ययन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चौधरीले १३ मिनेटसम्म के गरे ?
ललितपुरको सानेपामा पूर्व सचिव अर्जुन कार्कीकी पत्नीको हत्यापछि आफै पनि आत्महत्या गर्ने कामदार विजय चौधरीको ‘अन्डरवेयर’ मा प्रहरीले रगत र विर्य भेट्टाएको छ ।

प्राप्त सिसिटिभी फुटेजका आधारमा सोमबार बिहान १० बजेर १० मिनेटमा चौधरीले मुनालाई भान्सामा काम गरिरहेका बेला पछाडिबाट डोरीले घाँटी न्याँकेका थिए । त्यसपछि करिब १३ मिनेट चौधरीले के गरे भन्ने सिसिटिभी फुटेजमा देखिंदैन ।

१० बजेर २३ मिनेटमा चौधरीले मुनाको टाउकोमा केही चिजले सात पटक हिर्काएको पनि सिसिटिभी फुटेजमा देखिएको छ । त्यसपछि करिब ४५ मिनेटसम्म उनी घटनास्थलमै ओहोरदोहोर गरिरहेको देखिएको छ । सिसिटिभी फुटेज अनुसार ११ बजेर ८ मिनेटसम्म उनी किचेनमा ओहोरदोहोर गरिरहेको देखिएको छ ।

११ बजेर २० मिनेटमा पूर्वसचिव कार्की घरमा आइपुग्दा चौधरी झुण्डिएको अवस्थामा देखिए भने मुना किचेनमा लडिरहेकी थिइन् । १० बजेर १० मिनेटमा मुनालाई घाँटीमा डोरीले न्याँकेर लडाउनुअघि पनि किचेन बाहिर चौधरी ओहोरदोहोर गरिरहेको सिसिटिभी फुटेजमा देखिएको छ ।

१० बजेर १० मिनेटमा मुनालाई घाँटीमा डोरीले न्याँकेर लडाएपछिको १३ मिनेटसम्म चौधरीले के गरे भन्ने चाहिँ खुल्न सकेको छैन । चौधरीको ‘अन्डरवेयर’ मा रगत र विर्य लत्पतिएको देखिएको छ । पूर्व सचिव पत्नी मुनाको मासिक श्राव चलिरहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७