संसद अवरोध हटाउँदै कांग्रेसले भन्यो, ‘अख्तियारलाई नजिकबाट नियालिरहेका छौं’


२८ माघ २०७६, मंगलवार
puspa bhusal uHtBJ0rPM6

काठमाडौं, २८ माघ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको अवरोध नभएपछि आज (मंगलबार) प्रतिनिधिसभा बैठक सहज रुपमा चलेको छ ।

यसअघि लगातार तीन दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध गर्दै आएको थियो । गत माघ २२ गते पार्टीका संसदीय दलका उपनेता तथा उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियारले ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको थियो ।

संसद बैठकको शुरुमा बोल्दै कांग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसाल गौतमले गच्छदारमाथि राजनीतिक पूर्वाग्रहका र प्रतिशोधका आधारमा विशेष अदालतमा मुद्दा दायर गरेको जिकिर दावी गरिन् ।

उनले तथस्ट निष्पक्ष ढङ्गले अघि बढ्नु पर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल सरकारबाट प्रभावित भएर मुद्दा दायर गरेपछि कांग्रेसले सभा बन्द गराएको बताइन् । उनले सरकारका प्रवक्ताले अख्तियारको कामलाई नै सरकारको उपलब्धी भनेकाले सरकारको आग्रहका आधारमा अख्तियारले काम गरेको पुष्टि भएको दावी गरिन् ।

उनले मुद्दा अदालतमा प्रवेश गरिसकेकाले संसद अवरुद्ध नगर्ने बरु यसलाई राजनीतिक रुपमा अघि बढाउने उनले बताइन् । उनले मुलुकको संवैधानिक अङ्गले सरकारको प्रभावमा आएर पूर्वाग्रह र प्रतिशोध साँधेर काम गरेको कांग्रेसले नजिकबाट नियालेको बताउँदै अख्तियारले कसैलाई जग्गा फिर्ता गरेको आधारमा कारवाही नगर्नु भन्नु कानूनको खिल्ली उढाएको उल्लेख गरिन् ।

सचेतक भुसालले ललिता निवास तत्कालीन भौतिक पूर्वाधार मन्त्री गच्छदारसँग मात्र सम्बन्धित विषय नभएको र तत्कालीन सरकारले गरेको निर्णयलाई नहेरिनु दुःखद भएको बताएकी छन् । उनले भनिन्, ‘संवैधानिक अङ्गहरु सरकारको आग्रहमा परेर कुनै निर्णय गर्न हुँदैन । सरकारको छायाँ बन्न हुँदैन यस्तो भयो भने लोकतान्त्रिक अभ्यास कमजोर हुन्छ ।’

सचेतक भुसालले काँग्रेस संसदको मूल्य मान्यतालाई सम्मान गर्ने बताउँदै संसद प्रतिपक्षी दलको पनि भएको बताइन् । उनले लोकतान्त्रिक पद्धतिलाई कसैले कमजोर पार्छ भने नेपाली कांग्रेस चुप लागेर नबस्ने उनले बताइन् ।

उनले २०४८ सालमा संसदमा ५७ दिन त्यसबेलाको तत्कालीन एमालेले संसद अवरुद्ध गरेर जनताका बहसहरु कुण्ठित गरेको कटु अनुभव भएको बताउँदै कांग्रेसले त्यसलाई नदोहो¥याउने उल्लेख गरिन् । पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको भन्दै काँग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७