निर्मला बलात्कार-हत्या प्रकरण : अधिकारकर्मी शारदा चन्दसहित आठ जना पक्राउ


२८ माघ २०७६, मंगलवार
niramala kanda

कञ्चनपुर, २८ माघ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या घटनामा पुनः दिलिपसिंह विष्टमाथि निगरानी बढिरहेका बेला न्यायको माग गर्दै धर्नामा बसेका अधिकारकर्मी र घाइतेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको मूलगेटमा न्याय तथा घाइतेहरुको उपचार खर्चको माग गर्दै निर्मलाको न्यायिक आन्दोलनका घाइते र अधिकारकर्मी शारदा चन्दलगायत आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले जानकारी दिएका छन् ।

यो समूहले एक महिनादेखि प्रशासनको मुल गेटमा बसेर धर्ना दिंदै आएको छ । पक्राउ पर्नेहरुमा अधिकारकर्मी शारदा चन्द, दिलिपसिंह विष्टका दाइ खडकसिंह विष्ट, सुरेन्द्र देउवासहित आठ जना छन् ।

आवागमनमा असहज परिस्थित सिर्जना भएपछि उनीहरुलाई नियन्त्रणमा लिनु परेको डीएसपी पौडेलले बताएका छन् । प्रशासन ओहोरदोहोरमा धर्नामा बसेकाहरुले हस्तक्षेप गर्न थालेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७