‘धुलो’काे फस्र्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक


२८ माघ २०७६, मंगलवार
DHULO SIX SHITTER scaled

काठमाडौँ,२८ माघ । सामाजिक विषयमा निर्माण गरिएको ‘धुलो’ फिल्मको फस्र्टलुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।

प्रद्युम्न मिश्रको निर्देशनमा बनेको फिल्म फागुन १६ गते दर्शक माझ आउने निर्माण पक्षले जानकारी दिए ।

रिक्सा चालकको सपना, लक्ष्य, सङ्घर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको ‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बाल कलाकार सुदीप कार्की मुख्य भूमिकामा छन् । नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवा विशेष भूमिकामा रहेको निर्माण पक्षले जनाएको छ ।

सिके वाग्लेको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुयाँल तथा निर्माता दीपा धरेल छिन् । सुवास सिंह बस्न्यातको लेखन,रबिन आचार्यको छायाङ्कन र अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतको रेडियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका हुन ।

निर्देशक मिश्र ‘धुलो’ अत्यन्तै मम स्पर्शी कथामा निर्माण गरिएकाले सबै नेपालीले हेर्नुपर्ने बताउँछन् । भन्छन्, ‘मैले कन्टेन्टमा फिल्म बनाएको छु । त्यस कारण हरेक नेपालीले मन पराउनुहुन्छ भन्ने विश्वास छ ।’ फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७