मेगा बैंकको ६ महिनाको खुद नाफा ९४ करोड


२८ माघ २०७६, मंगलवार
megha bank

काठमाडौं, २८ माघ । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा मेगा बैंकको ९५ करोड रुपैँया खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ७३ करोड २० लाख खुद मुनाफा गरेकोमा चालु आर्थिक वर्षमा बैंकको मुनाफा करिब ३० प्रतिशतले बढेको हो ।

पौष मसान्तसम्ममा बैंकको कूल निक्षेप अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १४ अर्ब ४१ करोडले वृद्धि भई ८४ अर्ब ६३ करोड रुपैँया पुगेको छ जुन २० प्रतिशत भन्दा बढीको वृद्धि हो । त्यस्तै कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि भई ७८ अर्ब ११ करोड कायम भएको छ जुन १८ प्रतिशत भन्दा बढीको वृद्धि हो ।

बैंकले देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७