धनकुटा बन्दले संखुवासभा प्रभावित


२४ पुष २०७४, सोमबार
khadbari

संखुवासभा: प्रदेशको राजधानी माग गर्दै धनकुटाले अनिश्चितकालीन जिल्ला बन्द गराएपछि  संखुवासभावासीलाई समस्या भएको छ ।khadbari

पाँच दिनदेखि लगातार धनकुटा बन्द भएसँगै यातायातका साधन चल्न सकेका छैनन् । सदरमुकाम खाँदबारीबाट चल्ने साना तथा ठूला कुनै पनि सवारी साधन चल्न नसक्दा यात्रुहरू बीच बाटामा अलपत्र परेका छन् । बिहान खाँदबारीबाट यातायातका साधन छुटे पनि धनकुटा र संखुवासभाको सीमा केवाखोलामै रोकिनुपर्ने अवस्था रहेको व्यवसायीले बताएका छन् । बन्दकर्ताले राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक खुला गरे पनि ठाउँठाउँमा अवरोध हुने गरेको छ ।

बन्दबाट प्रत्यक्ष रुपमा बिरामी मर्कामा पर्ने गरेका छन् । जिल्ला अस्पतालबाट सिफारिस गरिएका बिरामी बीच बाटामै रोकिनुपरेको जिल्ला स्वास्थ्य प्रमुख डा विनितकुमार झाले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७